अन्र्तराष्ट्रिय काभ्रे समाज गठन

२८ आश्विन २०७४, शनिबार १३:५८
असोज २८, काठमाडौं । विश्वमा विभिन्न मुलुकमा छरिएका काभ्रेलीहरुलाई समेटेर अन्र्तराष्ट्रिय काभ्रे सेवा समाज गठन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकमा रहेका काभ्रेलीलाई समेटेर काठमाडौमा भएको भेलाले समाज गठन गरेको हो ।
‘हाम्रो काभ्रे राम्रो काभ्रे’ बनाउने अभियानका साथ गठित तदर्थ समितिको संयोजकमा जापानका कपिलदेव थापा छन् । १९ सदस्यीय कार्य समितिको उपसंयोजकत्वमा स्पेनका दीपक खरेल तथा सदस्यहरुमा कोरियाका सीताराम तिमल्सिना, अमेरिका इन्दिरा त्रिपार्ठी, बेल्जियमका दीनेश उप्रेती, साउदी अरबका जेनकुमार लामा, युएईका दील लामा र साउदी अरबका सुरेशराज त्रिपाठी छन् ।
त्यसैगरी बेल्जियमका चीनिया दुवाल, इटालीका अशोक उप्रेती, कतारका नन्द ढुङ्गाना, पोर्चुगलका शम्भु गौतम, अफ्रिकाका कृष्णचन्द्र सेढाई, अष्ट्रेलियाका गणेश लुईटेल, न्यूजल्याण्डका कमल वाईबा, बेलयाका सन्दिप सुद्धाकर, कतारका य बुढाथोकी, जापाका रुपक लामा तामाङ लगायत छन् । भेलाको उद्घाटन गर्दै उद्योग राज्यमन्त्री रेशम लामाले समाजसेवाको लागि सबैको अग्रसरता जरुरी भएको बताए ।