प्रधानमन्त्री देउवाले गरे फेरि मन्त्रिपरिषद् विस्तार

२८ आश्विन २०७४, शनिबार ०२:४५

काठमाडौँ, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गरेको छ । शीर्ष नेताहरुसहित निर्वाचन आयोगमा ‘आचारसंहिताु पालना गर्ने लिखित प्रतिबद्धता जनाएको केही समयभित्रै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सामेल गराउदै मन्त्रिपरिषद् विस्तार गरी आफ्नै प्रतिबद्धताको उल्लंघन गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

एमालेले यो कदमलाई निर्वाचन आचारसंहिताको ठाडो उल्लंघनका रूपमा हेरका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दउेवाले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएको केही समयमै मन्त्रिपरिषद् विस्तार गर्नु राम्रो संकेत नभएको बताएका छन् ।

संसद्को आयु सकिनै लाग्दा प्रधानमन्त्री देउवाले शुक्रबार ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन गरी राजनीतिमा तहल्कानै मचाएका छन् । मन्त्रीहरुको शपथ कार्यक्रम शनिबार हुने भनिए पनि अहिलेसम्म शपथको कार्यक्रम तय नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।