नेपाललाई झड्का, शरद भेषावकर हङकङविरुद्ध नखेल्ने

२६ आश्विन २०७४, बिहीबार १६:०७

२६ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगरगत शुक्रबार र आइतबार हुने हङकङविरुद्धको दुबै खेलमा नेपालका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर नखेल्ने भएका छन् ।

ज्वरोका कारण शरदले खेल्न नसक्ने भएपछि नेपाललाई केही असर पर्न सक्ने देखिएको छ । तर नेपालले पछिल्ला खेलमा हङकङमाथि जित हात पारेकाले उच्च मनोबलका साथ मैदान उत्रने नेपाली टोलीका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

त्यसैगरी शरदको स्थानमा नरेश बुढायरलाई बोलाइएको म्यानेजर सिवाकोटीले जानकारी दिए । उनी भोलि हङकङ पुग्नेछन् ।