सकारात्मक विकास सञ्चार केन्दले देउसी–साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

२६ आश्विन २०७४, बिहीबार १६:१४
असोज २६,काठमाडौं । सकारात्मक विकास सञ्चार केन्द्रले पुस्तकालय व्यवस्थापनका लागि सहयोगार्थ देउसी–साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रत्येक वर्ष झैं उक्त संस्थाले सामाजिक साँस्कृतिक र आर्थिक पक्षको वकालत गर्दै नेपालीहरुको दोश्रो महान पर्व तिहारको शुभ अवसरमा चर्चित कलाकार श्रीकृष्ण सिम्खडा, लोक तथा दोहोरी गायक नवराज घोरासैनी, सुर्यमणी आचार्य, गोविन्द ढुंगाना, गायिका आशा लामा, निरु कार्की,आधुनिक सेलो गायिका वसन्ती लामा, गायक तथा संगीतकार बाबुल गीरि लगायतका कलाकारहरुको बेजोड प्रस्तुतिका साथ काठमाडौंमा देउसी–साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
नेपाली कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले “संस्कृति सभ्यताको मूल हो । संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष भिम लामाले जानकारी दिए । संस्थाले विगत देखि नै सामाजिक सचेतनाका कार्यक्रमहरु लागु औषध दुव्र्यसन विरुद्धका कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क व्यवसायिक पत्रकारिता तालिम तथा महिला सशक्तिकरणका कार्यक्रमहरु गर्दै आईरहेको छ ।