कोटेश्वर–कलङ्की सडक सुधार कार्य चार वर्षमा आधा मात्र

२६ आश्विन २०७४, बिहीबार ०१:००

२६ असोज, काठमाडौँ । कोटेश्वर–कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ वर्षभन्दा बढी बितिसक्दा पनि आधा मात्र काम सकिएको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर निरञ्जन शर्माले देशमा भएको प्रमुख घटना भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति हुन नसकेको बताए ।

सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु गरेको निर्माण पक्षले विविध कारणवस काम गर्न नसकेपछि सन् २०१८ जुलाई ३१ भित्र काम सम्पन्न गर्न आयोजनालाई म्याद थप गरेको थियो ।

अब आयोजनाले काम सम्पन्न गर्न तोकेको म्याद सकिन अब ९ महिनामात्रै बाँकी रहेको आजको नेपाल समाचारपत्रमा खबर छ ।