स्याललाई गोली हान्दा मानिसलाई लागेपछि

२३ आश्विन २०७४, सोमबार ०२:०३

२३ असोज, सिन्धुली । आइतबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीले स्याललाई हानेको गोली सोही स्थानका १६ वर्षीय गोपाल श्रेष्ठलाई लागेको छ ।

श्रेष्ठलाई भरुवा बन्दुकको छर्राले हातमा लागेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

गोली हान्ने नेपालीलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको र आवश्यक अनुसन्धानसहित हातहतियार खरखजना ऐनअनुसार कारबाही गरिने निरीक्षक शर्माले बताए ।