काठमाडौँ, २० असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ । आज शुक्रबार दिउँसो राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनु भएको हो ।
राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताउनुभएको छ । उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उहाँ राजनीतिमा फर्कनुहुने बताइएको छ ।
उपाध्याय प्रतिनिधि सभाको चुनावमा कपिलवस्तुबाट चुनाव लड्ने तयारीमा रहनुभएको छ ।