एलिसा राई र भिमफेदी गाइजको ड्याम ड्याम सार्वजानिक (भिडियो सहित)

१८ आश्विन २०७४, बुधबार १४:३७

आयोखबर, काठमाडौं । गायक सलिल सुन्दर तुलाधरको “डयाम डयाम “ बोलको म्युजिक भिडियो युबट्युबमा सार्वजनिक भएको छ । डान्सिङ नम्बर गीतको भिडियोमा चर्चित नायिका एलिसा राई र भिमफेदी गाइजको पृथक अभिनय रहेको छ । उक्त गितमा संगीत तथा एरेन्ज बाबुल गिरिले गरेको छ भने शब्द डि.पि. खनाल रहेको छ ।

 

 

 

गायक सलिल सुन्दर तुलाधरको यो तेस्रो म्युजिक भिडियो हो । गायकको आफ्नै संगीत  स्वर र दिनेश सुवेदीको शब्द रहेको तिमी नै हो भन्ने गीत रहेको चोखो माया चलचित्र पनि मङ्सिर १ गते रिलिज हुदैछ । यस बाहेक गायकको आफ्नै संगीत तथा बाबुल गिरि र मथुरा श्रेष्ठको संगीत रहेको ४ वटा एल्बम समेत बजारमा चाडै ल्याउने जानकारी भएको छ । गायक सलिल पेशाले अटो स्वीपर पार्ट्सका व्यवसायी हुन उनी सानै देखि संगीतमा सोख रहदै आए पनी आफ्नो पढाइ र पेसाको व्यस्तताका कारण ४५ वर्षको उमेरमा आएर पनि आफ्नो सपना साकार पार्न लागि परेको उनले बताए ।

आफ्नै एकल स्वर शब्द र संगीत सहितको छपला नामक नेपाल भाषाको एल्बम १ वर्ष अगाडि नै ल्याईसकेका छन उनी मेहनतमा विश्वास राख्ने स्वभावका छन ।