पोर्चुगलको स्थानीय निर्वाचनमा सत्तारुढ दलको हार निश्चित

१७ आश्विन २०७४, मंगलवार ००:१३

१७ असोज, लिस्बन । पोर्चुगलमा भइरहेको स्थानीय निर्वाचनमा सत्तारुढ दलका उम्मेदबारहरु हार्ने प्रायः निश्चित भएको समाचारमा जनाइएको छ ।

आइतबार भएको मतदानको समाचार सम्प्रेषण गरिरहेका स्थानीय टेलिभिजन प्रसारणहरुले गरेका मतदानपश्चातको सर्भेक्षण (एक्जिट पोल) को आधारमा सत्तारुढ दलका नेताहरुलाई संसद्को प्रतिपक्षी दल सोसलिस्ट पार्टीका उम्मेदवारहरुले प्रतिस्थापन गर्ने प्रायः निश्चित भएको जनाइएको छ ।

लिस्बनको प्रमुख मतदान केन्द्र लिस्बन टाउन हलमा भएको मतदान सर्भेक्षणमा सोसलिस्ट पार्टीका तर्फबाट लिस्बन महानगरका मेयर पदका उम्मेदबार फर्नान्डो मेडिना भारी बहूमत प्राप्त गरी विजयी बन्ने पनि सो सर्वेक्षणले देखाएको छ ।

त्यस्तै, पोर्चुगलका अन्य दुई ठूला दलहरु सेन्ट्रल सोसल डेमोक््रयाटिक पार्टी र पपुलर पार्टीको गठबन्धनबाट उम्मेदबार बनेका गठबन्धन प्रमुख आस्सुनक्याओ क्रिस्टासले सोसल डेमोक््रयाटिक पार्टीकी उम्मेदबार टेरेसा लिल कोएल्होलाई भारी मतको अन्तरले हराउने देखिएको छ ।

साथै, पोर्चुगलको अर्को महानगर पोर्टोमा मेयर पदका स्वतन्त्र उम्मेदवार रुइ मोरेराले जित हात पार्ने प्रायः निश्चितजस्तो देखिएको सो सर्वेक्षणमा देखिएको छ ।

यहाँ सोसलिस्ट पार्टीका म्यानुएल पिजारो द्वितीय स्थानमा र सोसल डेमोक््रयाटिक पार्टीका अल्बारो अल्मेडा तृतीय स्थानमा उभिने भएका छन् ।

यस प्रकार पोर्चुगलको राजधानी र अर्को एक महानगर समेत दुई ठूला स्थानमा सत्तारुढ दलले हार व्यहोर्ने निश्चित भएको जनाइएको छ ।
यस पटकको स्थानीय निर्वाचनमा सन् २०१३ मा भएको पछिल्लो मतदानमाभन्दा बढी जनसहभागिता भएको पनि जनाइएको छ । (रासस/सिन्ह्वा)