बल्खुको सुकम्बासी बस्तीमा आगलागी

१५ आश्विन २०७४, आईतवार ०५:३७

१५ असोज, काठमाडौं । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा राति आगलागी भएको हुँदा लाखौँको क्षति भएको अनुमान गरिएको छ । गएराति करिब ११ बजेतिर आगलागी शुरु भएको थियो ।

 

मानबहादुर विकको घरमा बालिएको दियोबाट आगलागी शुरु भएको प्रहरीले बताएको छ । आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासीले बताए ।

 

आगो नेपाली सेनाका पाँच वटा दमकलले आज बिहानपख २ बजेतिर नियन्त्रणमा लिएका थिए ।