मतदातासँगको भेटघाटमा काँस्कीका उम्मेद्वारहरु व्यस्त

१० कार्तिक २०७४, शुक्रबार ०३:३४

कात्तिक १०, काठमाडौं । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसंगैै मतदातालाई आफ्नो पक्षमा पार्न कास्कीमा राजनीतिक दलहरुहरु सक्रिया देखिएका छन् ।

दलहरु यतिबेला कोण सभा, बैठक, भेटघाट र संगठन विस्तार जस्ता कार्यक्रमहरुलाई अगाडी बढाईरहेका छन् । संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलहरुका कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराउने कार्य भईरहेका छन् ।
महानगर र गाउँपालिकाका चोक, चौतारा, चिया पसल लगाएत सार्वजानिक ठाउँहरुमा समेत चुनावी चर्चा चलिरहेका छन् । निर्वाचनलाई आफ्नो पकटमा पार्न विभिन्न आश्वासन समेत दिदै युवाहरुलाई परिचालन गर्दै आएका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति पार्टी र संघिय समाजवादी फोरम नेपाल लगाएत सबैले उम्मेदारको नाम केन्द्रमा पठाएका छन् ।

उम्मेदार मनोनयन दर्ता गर्ने समय कात्तिक १६ गते पनि नजिक आईरहेकोले केन्द्रमा सिफारिस गरिएका सम्भावित उम्मेदार यतिखेर दौडधुपमा लागेका छन् । उम्मेदारका आकांक्षी धेरै भएकाले टिकट विवरण गर्न नेतालाई पनि धेरै सकस परेको देखिन्छ ।   कास्कीमा प्रतिनिधि सभा निर्वाचनका लागि तीन प्रदेश सभाका लागि छ । निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा कास्कीमा चार निर्वाचन क्षेत्र कायम गरिएको थियो ।
दोस्रो संविधान सभाको निर्वाचनमा काँस्की निर्वाचन क्षेत्र १ र २ बाट नेपाली काँग्रेस तथा क्षेत्र नं. ३ र ४ मा एमाले जितेको थियो । क्षेत्र नं. १ बाट कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, क्षेत्र नंं. २ बाट काँग्रेसकै शारद पौडेल, क्षेत्र नं. ३ बाट नेकपा एमालेका केन्द्रिय सदस्य रविन्द्र अधिकारी र क्षेत्र नं. ४ बाट एमालेकै केन्द्रिय सदस्य सीता गिरी ओली विजयी भएका थिए ।