परिवार नियोजन सम्वन्धीको नयाँ नीतिप्रति अमेरिकी महिला अधिकारवादीद्वारा आलोचना

२१ आश्विन २०७४, शनिबार ०३:४३

असोज २१, काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजन सम्वन्धी नयाँ नीति घोषणा गरेको छ ।

 

नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्न सक्ने अनुमान गरिएको छ । परिवार नियोजन सम्वन्धी नयाँ नीतिका कारण त्यहाँको स्वास्थ्य मन्त्रालयले अब उप्रान्त धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध गराउनवाट रोक लगाउन सक्नेछ ।

 

स्वास्थ्य बीमामा धेरैको पहुँच पु¥याउने उद्देश्यका साथ पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको ’अफोरडेबल केयर एक्ट’ भनिने ऐन अन्तरगत त्यसो गर्नुपर्ने हुन्छ । घोषणा गरिएको उक्त कदम चुनावी अभियानका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएको एउटा महत्त्वपूर्ण प्रतिबद्धताको कार्यान्वयन हो । उक्त घोषणाको धार्मिक पुरातनपन्थीहरुले स्वागत गरेका छन् भने महिला अधिकारवादीहरुले आलोचना गरेका छन् । (एजेन्सी)