डाईलगले चर्चामा चुलिदै चलचित्र रमेश उप्रेतीको “ऐश्वर्य”

११ कार्तिक २०७४, शनिबार ०४:०२

काठमाण्डौ । पहिलो गित तिमी रोएको पल सार्वजनिक भएसंगै चर्चामा आएको फिल्म हो ‘ऐश्वर्य’ । अर्जुन पोखरेलको संगीत र शब्द रहेको यस गितमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिइएका छन् । पहिलो फस्टलुकमै आएको गितले यसको हाईप बढाउनमा मात्र मदत गरेन फिचरिङ भएका अभिनेता रमेश उप्रेतीको नयाँ लुक्स र डेब्यु अनुहार दिपिका प्रसाईंलाई पनि चिनाउन मदत गर्यो । जोमसोम , मुस्ताङ , पोखरा लगायतका मनोरम दृश्यमा छायाँकन गरिएको यस गितलाई सुदीप बरालले खिचेका हुन् भने यसमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको थियो । यस गितपछि फिल्मको हाइप मात्र बढेन , राम्रो ट्रेलर बनाउने चुनौती पनि टिमलाइ थपियो । गितलाई युट्युबमा ३५ लाख बढीले हेरिसकेका छन् ।

गितपछि निर्माण टिमले सार्वजनिक गरेको ट्रेलर पनि फिल्मको हाइप बढाउँन मदत गर्यो । ट्रेलर सार्वजनिक भएसंगै मेकिङको चर्चा मात्र भएँन , यसमा प्रयोग गरिएका संवाद पनि चर्चामा रहे । फिल्मका कलाकारहरु रमेश उप्रेती , प्रशान्त ताम्राकार , दीपिका प्रसाईं , केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ , तेन्जु योन्जन , अर्जुन जंग शाही लगायत फिल्ममा देखिए पनि रमेश र प्रशान्तको संवादले चर्चा पायो । निर्देशक दिवाकर भट्टराईकै लेखनमा तयार भएको फिल्ममा रमेश र प्रशान्त बीचको टसल देखाइएको छ , जहाँ बोलिएका संवादले जीवन भरेका छन् ।

यस्ता छन् केही डाइलगहरु

रमेश उप्रेती

खेल तेरो , मैदान तेरो , खेलाडी पनि तेरो तर जित मेरो
लाईफ ब्याक एण्ड व्हाइट जस्तो मात्र लाग्थ्यो तर आज फिल गर्दैछु लाइफ यति रंगीन रहेछ !

दीपिका प्रसाईं

मलाई दुइ वटा कुरा देखि निकै घृणा लाग्छ , सस्तो समान अनि सस्तो मान्छे !

प्रशान्त ताम्राकार

यो संसार जित्नेहरुको हो चाहे जसरि होस् , जित्नेहरुकै नाम हुन्छ
बिजनेसले टाउको दुखाउछ तर प्रेमले मुटु दुखाउछ !
एकनाले बन्दुक , दुइ नाले बन्दुक , मृगलाई ताकेको , मृगलाई हैन मायालाई ताकेको
शाम दाम दण्ड वेद चाहे जे सुकै गर्नु परोस , मलाइ त्यो ऐश्वर्य चाहिएको छ !