चुनावमा मुला बीऊ बाँड्दै कृषिविद् राई (भिडियो सहित)

२ कार्तिक २०७४, बिहीबार १५:११

कार्तिक २, काठमाडौँ । कृषिविद् तथा नयाँ शक्ति नेपालका नेता मदन राईले चुनावी एजेन्डासँगै हरेक घरमा मुलाको बीऊ बाडेको बताएका छन् । विहीबार राजधानीको डिल्लीबजारस्थित भोजन गृहमा शुभचिन्तकसँगको भेटघाट तथा चियापान कार्यक्रममा सो कुरा बताएका हुन् ।


उनले बीऊ जोगाउनका लागि आपूmले चुनावी विचारको बीऊसँगै मुलाको बीऊ समेत बाडेको बताए । ‘म संयुक्त राष्ट्र संघ लगायत विश्वका विभिन्न देशमा काम गरेँ, सबैले बीऊ फैलाउने काम भएको छ’ उनले भने, ‘नेपालमा चाहिँ मास्ने काम गरिएको छ र म पनि त्यसमा जिम्मेवार छु, अब बीऊ नमासियोस् भनेर खोटाङका करिब ४२ हजार घरमा यो उमारेका छौँ ।’

राईले आपूmले चुनावमा मत प्राप्त गर्नुभन्दा आफ्नो चुनावी गतिविधिले जनताको चेतनास्तर वृद्धि होस् भन्ने ठानेको बताए । उनले भने, ‘मैले तपाईँहरूको भोट भन्दा पनि चेतना आओस् र त्यो भएपछि मात्र देशमा राजनीति लगायत सबै थोक ठिक हुन्छन् ।’ उनले आपूm नयाँ शक्ति पार्टी र प्रतिनिधि सभाको चुनावी मैदानमा आउनुको मुख्य एजेन्डा नै देशलाई अग्र्यानिक कृषि पर्यटन देश बनाउनलाई भएको बताए ।

नेता राईलाई खोटाङ २ नं. क्षेत्रको प्रतिनिधि सभाको सदस्यका लागि नयाँ शक्ति पार्टीले टिकेट दिएको छ ।

भिडियो