कास्कीमा म्यादी प्रहरीको निवेदन दोब्बरभन्दा बढी

३१ आश्विन २०७४, मंगलवार १०:१५

३१ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पोखरामा म्यादी प्रहरीको निवेदन दोब्बर भन्दा बढीको परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सोमबार साँझसम्म दुई हजार ६४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अन्तिम दिन सोमबार मात्रै ८४२ जनाले निवेदन दिएको र राति ९ बजेसम्म निवेदन दर्ता गरिएको थियो । निवेदन दिएकामध्ये २ हजार १४७ पुरुष र ४९५ महिला रहेका छन् ।

मंसिर १० र २१ गते हुने निर्वाचनका लागि एक हजार म्यादी प्रहरीको खाँचो पर्ने र कात्तिक ५ गतेदेखि छनोटको प्रक्रिया शुरु गरिने बताइएको छ ।