स्टालिनकालीन कम्युनिष्टको औचित्य छैन : संयोजक डा. भट्टराई

१४ कार्तिक २०७४, मंगलवार ०९:३१

कात्तिक १४, कास्की । प्रेस सोसाइटी कास्कीद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेपालमा स्टालिनकालीन कम्युनिष्ट पार्टीको औचित्य सकिएकाले आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताएका छन् । नयाँ समाजवादी पार्टीको सट्टा पुरानै कम्युनिष्ट पार्टीको सोच बोकेका कारण आफ्नो दल वाम गठबन्धनबाट बाहिरिएको भन्दै गोरखा निर्वाचन क्षेत्र नं. २ मा र १५ सिट नपाएर गठबन्धनबाट बाहिरिएको कुरा हल्ला मात्र भएको दाबी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले नयाँ शक्ति वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको जिकिर बताए ।