साफेबगर विमानस्थल निर्माण सुरु

११ कार्तिक २०७४, शनिबार ११:२६

कात्तिक ११, अछाम । बि. सं. २०५८ देखि अवरुद्ध साफेबगर विमानस्थल सञ्चालनका लागि सुरु भएको छ ।

विमानस्थल सुचारुका लागि कालोपत्रे गर्ने काम भइरहेको छ । गत वर्ष सरकारले विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो । रु १२ करोडको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने अमर कन्ट्रक्सन प्रालिका भद्रबहादुर शाहीले जानकारी दिए ।

वर्षाका कारण र दशैँ तिहारको बीचमा विमानस्थलको निर्माण केही दिन रोकिएको भए पनि अहिले तीव्र गतिमा काम भइरहेको छ । अछामको मुख्य व्यापारिक केन्द्र मानिने साफेबगर विमानस्थल सञ्चालनका लागि काम सुरु भएसँगै स्थानीयबासी खुशी भएका छन् । स्थानीय व्यापारी पुरन कँुवर लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने भएपछि व्यापारलगायत गतिविधि बढ्ने बताउँन् ।

“यहाँको पर्यटन प्रवद्र्धनका लागि विमानस्थल सञ्चालनमा आउनुपर्छ,” उनले भने ।

स्थानीयवासी पशुपति कुँवरले विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने र छिटो छरितो रुपमा बिरामीले उपचार पाउने बताए ।