रुकुममा ९ सय म्यादी प्रहरीमा छनोट: आजदेखि तालिम सुरु

कात्तिक १२ काठमाडौं। आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि रुकुममा ९ सय ७ जना म्यादी प्रहरी छनौट भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले सार्वजनिक गरेको नतिजा अनुसार पूर्वी रुकुमका लागि ३ सय १ र पश्चिम रुकुमका लागि ६ सय ६ जना म्यादी प्रहरी छनोट भएका हुन् ।  छनोट भएकामध्ये ६ सय ८१ पुरुष र २ सय २६ जना महिला रहेको छन् । यस्तै १ सय ८२ जना भने वैकल्पिक सूचीमा परेका छन् ।छनोटमा पर्न सफल म्यादी प्रहरीले आजदेखि सुरक्षासम्बन्धी तालिम लिने छन् ।  म्यादी प्रहरीमा भर्ना हुन पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा २ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए । यसअघि स्थानीय तहको निर्वाचनमा पूर्वी र पश्चिम रुकुमका लागि ७ सय ८५ जना म्यादी प्रहरी खटिएका थिए ।


प्रकाशित | २०७४ कार्तिक १२ प्रकाशित ०३:३०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ