राप्रपा र राप्रपा प्रजातान्त्रिकले उम्मेद्वार छान्न सकेनन्

१२ कार्तिक २०७४, आईतवार ०३:१६

तालमेलका लागि कांग्रेससँग छुट्टाछुट्टै छलफलको तयारी

कात्तिक १२, प्रमुख सत्तारुढ दल नेपाली काँग्रेससँग चुनावी तालमेल गरेका राप्रपा र राप्रपा (प्रजातान्त्रिक)ले दास्रो चरणको निर्वाचनका लागि अहिलेसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेद्वार टुंग्याउन सकेका छैनन् । काँग्रेससँग तालमेलको विषय नटुंगेकाले दुवै पार्टीले उम्मेद्वार टुंग्याउन नसकेका हुन् ।

सिट बाँटफाँडको विषय टुंग्याउन आईताबार बिहान कांग्रेसले दुई राप्रपाका नेतासँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् ।   काँग्रेस प्रचारपंसार समितिका संयोजक बालकृष्ण खाँडले आईताबार विहान दुई दलसंग छुट्टाछुट्टै बैठक गरि तालमेलमा लेनदेन विषय टुंग्याउने तयारी रहेको जानकारी दिउको खबर आजको नयाँ पत्रिकामा छ । जनमत भएका राप्रपा र राप्रपा –प्रजातान्त्रिक) का शिर्ष तहका नेतालाई काँग्रेसले सहयोग गर्ने र बाँकी स्थानमा दुई दलले काँग्रेस उम्मेद्वारलाई सहयोग गर्ने अनौपचारिक सहमति बनिसकेको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा काँग्रेसको समर्थनमा सिन्धुपालचोक २ बाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका छन् । त्यस्तै राप्रपाका अध्यक्ष कमल थापा काँग्रेसको समर्थनमा मकवानपुर १ बाट प्रतिनिधि सभामा उम्मेद्वार बन्ने भएका छन् । राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई प्रतिनिधिसभा झापा ३ बाट उम्मेद्वार बनाउन काँग्रेस नेता कृष्णप्रसाद सिटौला समानुपातिकमा बसेका छन् । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहोरा रुपन्देही –२ बाट उम्मेद्वार बनाउन काँग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाण समानुपातिक तर्फ उम्मेद्वार बनेका छन् ।

०७० को संविधानसभा निर्वाचनमा झापा–३बाट सिटौला र रुपन्देही–३ बाट खाण विजयी भएकबा थिए । अहिले निर्वाचन क्षेत्र पुनरावलोकन गर्दा खाणका क्षेत्रका केही भाग बोहोराको क्षेत्रमा गाभिएको छ । त्यस्तै, काँग्रेसको समर्थनमा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे चितवान –३ बाट र महामन्त्री सुनिल थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्दै छन् । राप्रपालाई काठमाडौं–७ मा उम्मेद्वार बनाउन दिने विषयमा पनि छलफल भईरहेको स्रोतले बताएको छ । राप्रपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द काँग्रेसको सर्मथनमा बैतडीबाट उम्मद्वार बन्ने सहमति भएको स्रोतले बताएको छ । कति स्थानमा काँग्रेसको समर्थनमा राप्रपा र राप्रपाको समर्थनमा काँग्रेसले उम्मेद्वारी दर्ता गर्ने विषयमा आज टुंगिने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।