बागलुङ्गमा खुल्यो आईएमई लाइफ इन्सुरेन्सको शाखा

९ कार्तिक २०७४, बिहीबार ११:०१

कात्तिक ९, काठमाडौँ । बागलुङमा आइएमई लाइफ इन्सुरेन्स कम्पनीले बुधबारदेखि शाखा सञ्चालन गर्न थालेको छ । शाखा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा चापागार्ईंले कम्पनीको बारेमा बोल्दै कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी सृजना गर्न ठूलो योगदान गरेको बताए । ग्राहक वर्गलाई चुस्त र सहज सेवा उपलब्ध गराउन व्यवस्थापनलाई उनले सुझाव समेत दिए ।

त्यस्तै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी, व्यवसायी, कृषक, सर्वसाधारण सबैलाई आइएमईले सेवा प्रदान गर्दै आएको बताउँदै आन्तरिक एवं वाह्य रेमिटान्स सेवा, बैकिङ्ग, जीवन तथा निर्जीवन बीमा लगायतका विभिन्न सेवाहरु प्रदान गरिरहेको जानकारी गराए ।

सञ्चालन भएको पहिलो दिनमै शाखाले २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको समेत कम्पनीको भनाइ छ ।