बर्दियाका किसानलाई कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधी वितरण गरिदै

कार्तिक १, बर्दिया । बर्दियाका किसानलाई जिल्ला कृषि विकास कार्यालयद्वारा फौजी किराको प्रकोप नियन्त्रण गर्न निःशुल्क औषधी वितरण कार्य शुरु गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय, बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले असोज महिनाको तेस्रो सातादेखि गुलरिया नगरपालिका–१० को थारु पर्सिया, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाको कण्ठपुर शीतलाबजारलगायतका स्थानमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणका लागि किसानमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

बर्दियाका विभिन्न स्थानका एक हजार बिगाहा क्षेत्रफलमा लगाइएको धानबालीमा देखापरेको फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालय, गुलरियाले निःशुल्क विषादी वितरण गर्दै आइरहेको बताउँदै उनले प्रकोप देखापरेका किसानलाई कार्यालयमा आई निःशुल्क विषादी लिएर धानबालीमा छर्कन सुझाव दिए ।

अधिकृत रावतका अनुसार कार्यालयले हालसम्म ३० भन्दा बढी किसानलाई निःशुल्क औषधी वितरण गरिसकेको छ । अधिकृत रावतले इमिडोक्लोप्रिड नामक विषादी दुई मिली प्रतिलिटर पानीमा मिसाएर पाँच दिनको फरकमा पूरै बोट भिज्ने गरी कम्तीमा तीनपटक स्प्रे गर्नसमेत किसानलाई सल्लाह दिएका छन् ।


प्रकाशित | २०७४ कार्तिक १ प्रकाशित ०४:२५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ