पाँच लाख कर्मचारी र सुरक्षाकर्मी मतदानबाट वञ्चित हुँदै

१२ कार्तिक २०७४, आईतवार ०१:४७

कात्तिक १२, काठमाडौं। मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्बाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट बञ्चित हुने भएका छन् ।

निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरुले समानुपतिक निर्बाचनमा समेत मतदान गर्न पाउने छैनन् । निर्बाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मीका लागि अस्थायी मतदाता नामावलीको व्यवस्था गर्ने, नगर्नेबारे अन्तिम निर्णय भने गरिसकेको छैन् ।

 

प्रदेश र प्रतिनिधिसभाको मतपत्र एउटै भएका कारण अस्थायी मतदाता नामावलीको व्यवस्था गर्न सम्भव नभएको आयोगका एक आयुक्तले जानकारी दिए ।  उनका अनुसार फरक फरक प्रदेशबाट मतदान गर्नुपर्ने अवस्थामा प्रदेश सभाको समानुपातिकको मतमा समस्या भएकोे खबर आजको नयाँपत्रिकामा छापिएको छ ।