दश बुँदे सहमतिपछि डा. केसीले अनशन तोडे

१ कार्तिक २०७४, बुधबार १७:१६

१ कात्तिक, काठमाडौं । सरकारसँगको १० बुँदे सहमतिपछि प्रा. डा. गोविन्द केसीले १४ दिनदेखिको अनशन आज तोडका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र केसी पक्षबीच भएको वार्तामा आगामी कात्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन जारी गर्नेलगायतका १० बुँदे सहमति भएपछि डा केसीले अनशन अन्तय गरेका हो । डा. केसीले १० वर्षे बालिका रोजिना तामाङको हातबाट महपानी खाएर अनशन तोडेका हुन् ।

डा. केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुअघि प्रम देउवासँग टेलिफोन वार्ता गर्दै कात्तिक ६ गते सहमति कार्यान्वयन नभए ७ गते पुनः अनशन बस्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री देउवाले भने यसपटक सहमति कार्यान्वयन हुने विश्वास दिलाएको छ ।