ताली बजाउँदा कुनकुन रोग निको हुन्छन्, हेर्नुहोस्

कात्तिक १४, काठमाडौँ । ताली बजाउँदा रोग निको हुन्छ भन्दा त्यति पत्यार लाग्दैन । तर ताली बजाउँदा यसको सम्बन्ध दिमागसँग सीधै हुने भएकाले थुप्रै रोगहरूमा यसले फाइदा गराउँछ ।

हामी सामान्यतः खुशी हुँदा या कसैको खुशीमा सामेल हुँदा या कसैलाई प्रोत्साहित गर्दा ताली बजाउछौं । त्यसरी ताली बजाउँदा मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्छ । यसले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि ताली बजाउनुपर्छ । राम्रो परिणाम पाउनुछ भने हातमा नरिवलको या तोरीको तेल लगाउनुपर्छ, ताकि शरीरले सोसोस् ।

तालीले फाइदा गराउने केही सूची हेर्नुहोस् ः
१. पाचन समस्यामा ः ताली बजाउँदा पाचन समस्या निको हुन्छ । तर यो विधिसम्मत तरिकाले बजाउनुपर्छ । ताली बजाउँदा दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । यो अभ्यास बिहान उठ्ने बित्तिकै कम्तीमा १५ मिनेट गर्नुहोस् । जति बढी समय यो अभ्यास गर्नुहुन्छ, उति चाँडो तपाईंले परिणाम पाउनुहुन्छ ।

२. ढाड, घाँटी, जोर्नी दुख्नेहरुका लागि ः ढाड, घाँटी, जोर्नी दुख्नेहरुले दैनिक १५ देखि २० मिनेटसम्मको अभ्यास गरेमा समस्याबाट लाभ मिल्छ । यसका लागि औंलाले औंलामा जोड दिनुपर्छ । उपयुक्त विधिले चाँडो परिणाम दिन्छ ।

३. गोलीगाँठाको समस्यामा ः वृद्ध अवस्थाका व्यक्तिका लागि गोलीगाँठाको दुखाई बढी हुन्छ । यस्तो समस्यालाई तालीले दूर गरिदिन्छ । यसका लागि पनि दैनिक १५ मिनेटको अभ्यास आवश्यक पर्ने विज्ञहरूको सल्लाह छ ।

४. न्युन रक्तचापमा ः यदि न्युन रक्तचापको समस्या छ भने सिधा भएर उभिनुहोस् र हात हावामा माथि उठाएर ताली बजाउनुहोस् । बिस्तारै समस्याबाट छुट्कारा मिल्छ ।

५. मुटु र फोक्सोका लागि ः यदि कुनै व्यक्ति मुटु र फोक्सोसंबन्धी समस्याबाट पीडित छ भने ताली सही उपचार हुन सक्छ । तालीले मुख्य र सहायक धमनीहरुमा भएका अवरोध हटाई फिट र स्वस्थ पार्छ ।

६.बच्चाका लागि उपयुक्त अभ्यास ः वैज्ञानिकहरुले ताली साना बच्चाका लागि प्रभावकारी अभ्यास हो भन्ने प्रमाणित गरिसकेका छन् । यसले बच्चाहरुको हस्तलेखन क्षमता र ज्ञानमा वृद्धि गर्छ । यसले बच्चाहरुलाई मिहिनेती पनि बनाउछ र बच्चाको दिमागको विकास गर्छ ।

७. रोग प्रतिरोधी क्षमतामा वृद्धि ः तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र कुनै पनि रोगसँग लड्न सक्ने बनाउछ ।


प्रकाशित | २०७४ कार्तिक १४ प्रकाशित ०९:१८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ