एमालेविरुद्ध छर्न खोजिएको भ्रमलाई चिरेर अगाडि बढ्ने: ओली

२९ आश्विन २०७४, आईतवार १०:०१

२९ असोज, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आप्नो पाटीेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताएको छ ।

बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले तराईमा एमालेविरुद्ध छर्न खोजिएको भ्रमलाई चिरेर अगाडि बढ्ने बताएको हो ।

आफू प्रधानमन्त्री हुँदा तराईको शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सडक, घर हस्तान्तरण जस्ता विकासका काम शुरु गरे पनि त्यसपछिको सरकारले ती कार्यक्रमलाई अलपत्र पारेको उनको आरोप छ ।  ।

एमाले अर्थात् ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल, पहाड तराईलाई जोड्ने ओलीको सोचलेनै आफू एमालेमा समाहित भएको यादवको भनाई छ ।

यसैगरी, कार्यक्रममा चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य दलबहादुर बस्नेत पनि एमाले प्रवेश गरेका छन् । । यादव र बस्नेतलाई एमाले महासचिव ईश्वर पोखरेल र एमाले संसदीय दलका नेता सुवास नेम्वाङलगायतले टीका र खादा ओढाएर स्वागत स्वागत गरेका थिए ।