उपत्यकामा साना हतियारको उपलब्धता सहज बन्दै

कात्तिक ८, काठमाडौं । २३ असोज– एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ, २३ असोज –निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या, ३ कात्तिक – एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित चार पक्राउ, ५ कात्तिक – एक थान रिभल्वर र दुई गोलीसहित चार पक्राउ ।

 

दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाँल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ ।  प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटनामात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४÷७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन् । परिसरका अनुसार बरामद हतियारमा पेस्तोल र रिभल्वर छन् ।   फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गएको खुलाउँछ । कान्तिपुर दैनिकबाट


प्रकाशित | २०७४ कार्तिक ८ प्रकाशित ०१:१३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ