उत्तर कोरियासँग अमेरिका यसरी डरायो

१६ आश्विन २०७४, सोमबार ०५:१६

१६ असोज, बेइजिङ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियासँग सम्पर्कबिहीन नबनेको र सकेसम्म शान्तिपूर्ण वार्ताबाटै समस्या हल गर्ने बताएका छन् ।

चीनमा चिनिया अधिकारीहरुसँग वार्ता गरिसकेको र अब उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा नै रहेको बताएका हुन् ।

‘उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ र आणविक हतियारको घमण्ड त्याग्न सक्छ कि भनेर हामी सम्पर्कमै छौँ’ उनले भने, ‘हाम्रो पहिलो सर्त पनि वार्ता नै हो ।’