छठ पर्वमा ‘मेरो पैसा खोई’

३० भाद्र २०७४, शुक्रबार ०७:४७

काठमाडौं – रोज राणा निर्देशित चलचित्र ‘मेरो पैसा खोई’ को प्रदर्शन मिति कार्तिक ९ गतेलाई फाईनल गरेको छ । पोस्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको चलचित्रका केहि तस्विर सार्वजनिक भएका छन् ।

निर्माता समेत रहेका राणाले चलचित्र कार्तिक ९ गते प्रदर्शनमा आउने जानकारी दिएका छन् । साथै अबको एक हप्तामा चलचित्रको ट्रेलर र गीत पनि सार्वजनिक गरिने  बताईएको छ ।

चलचित्रमा सौगात मल्ल र वर्षा राउत संगै  छुल्ठिम गुरूङ, बुद्धि तामाङ, रविन तामाङ, कमलमणी नेपाल लगायतका कलाकारको पनि अभिनय रहेको छ भने नेपालि चलचित्र जगत मा डेब्यु गर्न लागेका कलाकार सागर तिवारीलाई पनि देख्न सकिने छ ।