टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा लायन्स उपाधि नजिक

२८ भाद्र २०७४, बुधबार १४:१७

पोखरा । टाउन डाउन पोखरा लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वालिफायर्समा पर्वत टाइटन्सलाई २ विकेटले पराजित गर्दै पोखरा लायन्स उपाधि नजिक पुगेको हो ।

पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा पर्वतले दिएको ७४ रनको लक्ष्य पोखरा लायन्सले १६ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । पोखराको जितमा प्रविण पाण्डेले २७, मनोज कोइरालाले १% लागि दोस्रो क्वाल१० रन जोडे । पर्वतका राजु तामाङ र राजु थापाले समान २ – २ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पर्वतले १६ ओभरमा अलआउट हुँदै ७३ रन जोडेको थियो । पर्वतका लागि अबिषेक थापाले २३ तथा दिपेन राइमाझीले १८ रन जोडे । पोखरा लायन्सका लाल बहादुर गुरुङ, बिरु गुरुङ प्रविण पाण्डे र हिमाल गाहाले समान २ – २ विकेट लिए ।

 

अब पोखरा लायन्सले उपाधिका लागि दोस्रो क्वालिफायर्सको बिजेतासँग खेल्ने छ । दोस्रो क्वालिफायर्समा आयोजक माछापुच्छ्रे लायन्स र पर्वत टाइटन्सबीच बिहिबार खेल हुने छ । माछापुच्छ्रे बुधबार भएको इलिमिनेटरमा भिएम वारिवर्स बाग्लुङलाई ८ विकेटले पराजित गर्दै क्वालिफायर्समा छनोट भएको हो । पर्वतले भने प्रतियोगिताको नियम अनुसार पहिलो क्वालिफायर्समा पराजित भएपनि फाइनल प्रवेशको लागि इलिमिनेटरको बिजेतासँग खेल्न लागेको हो ।