एएफसी फुटसल च्याम्पियनसिपका लागि पहिलो चरणमा २७ खेलाडी छनौट

२७ भाद्र २०७४, मंगलवार १५:०६

भदौ २७ काठमाडौं । अखिल नेपाल फुटसल एसोसियसनले एएफसी फुटसल च्याम्पियनसिपका लागि पहिलो चरणको खेलाडी छनौट गरेको छ । फुटसल एसोसियनले मंगलबार पहिलो चरणका लागि २७ खेलाडी छनोट गरेको हो ।

एएफसी फुटसल छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुनेछ ।एसोसियनले यसै साता सकिएको रेड्बुल एन्फा राष्ट्रिय लिग फुटसलको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको हो ।

प्रशिक्षकहरु राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङको छनोट समितिले २७ खेलाडी छनोट गरेको हो । अब खेलाडीले बन्द शत्रमा गर्ने प्रदर्शनको आधारमा राष्ट्रिय टोलीको छनोट गरिने एन्फाको फुटसल कमिटिले जनाएको छ ।

 

आइतबार सम्पन्न लिगको उपाधि भने शंखमुल फुटसलले जितेको थियो । फाइनलमा शंखमुलले किक अफ फुटसललाई ५ – ४ गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो चरणमा उपाधि बिजेता टोलि शंखमुलबाट ५, सामाखुसी फुटसलबाट ६, उपविजेता टोलि किक अफबाट ३ खेलाडी छनोट भएका छन् ।