मलेसियामा आजदेखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित नेपाली टोली त्यसतर्फ जान लागेको हो । यसपटक १९ वर्ष मुनिको नेपाली राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैछन् ।
उमेर समूहको यो टोलीमा सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भूसालले पहिलो पटक स्थान बनाएका छन् । नेपाली टोलीको प्रशिक्षण बिनोद दासले सम्हालेका छन् ।
प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, थाइल्यान्ड र भुटान छन् । समूह ’बी’मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् । फाइनलमा पुग्ने दुई टोली एसीसी यूथ नाईन्टिन एसिया कप क्रिकेटमा छनौट हुनेछन् ।
खेल तालिका
भदौ २६ – नेपाल भर्सेस थाईल्याण्ड (क्लब अमन मैदान)
भदौ २८ – नेपाल भर्सेस भुटान (किनारा ओभल मैदान)
भदौ २९ – नेपाल भर्सेस सिंगापुर (क्लब अमन मैदान)