भदौ २२, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले मुलुकलाई एकतावद्ध बनाएको दावी गरेका छन्। अध्यक्ष दाहालले सबैलाई निर्वाचनमा आउने वातावरण बनाउन आफू नेतृत्वको सरकारले बनाएका कारण मधेशमा पार्टी प्रवेश गर्नेहरुको लहरनै चलेको दावी गरे।
बिहीबार लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रको भविष्य उज्वल रहेको भन्दै कार्यकर्तालाई आश्वस्त पारेका थिए।
अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले संविधानको स्विकार्यता बढाउँदै लैजाने नीति लिएकै कारण आसन्न सबै तहको निर्वाचनमा सबै दलहरु सहभागी हुने वातावरण बनेको दावी गरे।
अध्यक्ष दाहालले आफ्नो पार्टीको ठूलो बलिदानपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जिकिर गरे। उनले समानुपातिक समावेशी राज्यको परिकल्पनाकार पनि आफ्नैै पार्टी भएको दाबी गरे। कार्यक्रममा निर्माण व्यवसायी बलराम साह पनि नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए ।