बिदामा पनि आयोगको कार्यालय खुल्ला रहने

१० आश्विन २०७४, मंगलवार १४:३३

काठमाडौँ, १० असोज । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, क्षेत्रीय तथा उप–क्षेत्रीय कार्यालय दशैँ, तिहार तथा छठको बिदाका दिन पनि खुल्ला रहने भएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आजद्धारा जारी गरेको प्रेस विज्ञप्तिमा आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा दिउँसो ११ देखि २ बजेसम्म उजुरी शाखा खुल्ला राख्ने व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।

आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्ने विज्ञप्तिमा जनाएको छ ।