राजविराज नपाको मतगणना पुनः शुरु

८ आश्विन २०७४, आईतवार १०:३२

काठमाडौं, ८ असोज । सप्तरी राजविराज नगरपालिकाको दुई दिनदेखि अवरुद्ध मतगणना आज अपराह्नदेखि पुनः गणना शुरु भएको छ । निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

शुक्रबार राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।