![](https://aayokhabar.com/wp-content/uploads/2017/09/Sher-Bahadur-Deuba.jpg)
काठमाडौं, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी र विकासका सम्भावना भएकाले लगानी गरे सरकार लगानीको सुरक्षा र ग्यारेन्टी गर्न तयार रहेको कताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले विदेशमा दुःख गरेर नेपाली नागरिकले मुलुकमा पठाएको आम्दानीले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “नेपालमा लगानी र विकासका अथाह सम्भावना छन् लगानी गर्नुस् सरकार लगानीको सुरक्षा र ग्यारेन्टी गर्न तयार छ ।”
प्रधानमन्त्री देउवाले नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा उहाँले विभिन्न अवसरका लागि विदेशमा गएका नेपाली नागरिकले आफ्नो भाषा संस्कृति जोगाउन सकेमात्र आफ्नो पहिचान रहने बताउनुभएको हो ।
नेपालको जलविद्यत र पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर भएको बताउँदै प्रधानमन्त्री देउवाले नेपालको नीति लगानीमैत्री भएको अवगत गराउनुभयो । उहाँले मुलुकमा संविधानसभाबाट संविधान जारी हुनाका साथै संविधानले सबै वर्ग, क्षेत्र र लिङ्गका मौलिक अधिकार सुनिश्चित गरेको चर्चा गर्नुभयो ।