भलिबल संघ जापान अध्यक्षमा नविन चयन

४ आश्विन २०७४, बुधबार ०१:५२

असोज ४, काठमाडौं । पूर्व राष्ट्रिय खेलाडी नविन गुरुङको अध्यक्षतामा भलिबल संघ जापान गठन भएको छ ।
जापानमा रहेर भलिबल खेलमा सक्रिय खेलाडीहरुको सक्रीयतामा भएको कमिटि गठन कार्यक्रममा जापानका सामाजिक सस्था, पत्रकार, एनआरएनए जापानका प्रतिनिधि र राजनीतिक संगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

संघको बरिष्ठ उपाध्यक्षमा लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुबेदि, सचिव भबिन थापा, कोषाध्यक्ष दिपेश खत्री, सदस्यहरुमा भिक्टर ठाडा मगर, भरत मल्ल, हितु थापा, महेन्द्र भण्डारी, महेन्द्र सहानि, राम मल्ल, देव केसि, कुलबिर थापा, देवेन्द्र केसि, अमृत आचार्य, राम लमिछाने, कमल थापा, प्रकाश चन्द्र जोसि, जिवन खड्का, राजु बस्नेत , काले भाइ, रामु थापा, अमर भण्डारी, केशव केसी रहेका छन् । त्यस्तै बरिष्ठ सल्लाहकारमा श्रीभक्त गुरुङ, रत्न बस्नेत, फर्शुराम बस्नेत अनी सल्लाहकारहरू हिमाल कँडेल , हिरा शेरचन, घम्बिर भण्डारी, कान्छा गुरुङ, गिरी प्रसाद शेरचन, सबिता श्रेष्ठ र पुष्करजंग थापा रहेका छन् ।

अनौपचारिक रुपमा कस्तो टिम बनाउने भनेर छलफल गरेपश्चात औपचारिक रुपमा कार्यक्रमलाई अगाडि बढाइएको उक्त कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले रहेका थिए । जनसंपर्क समिती जापानका उपसभापती पुष्करजंग थापा, ओेएन एफ जापानका पर्सुराम बस्नेत, एनआरएनए आइसीसी महिला प्रतिनिधि सबिता श्रेष्ठ, तमुधि जापानका अध्यक्ष तथा पश्चिमाञ्चल भलिबल सङ्घका सस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, गल्कोट समाजका सल्लाहकार चन्द्रबहादुर खत्री लगाएतले सस्थाको प्रगतिको निम्ती शुभकामना दिएका थिए । नबिन गुरुङ सभापति रहेको कार्यक्रमको संचालन मुक्ति सुबेदिले गरेका थिए ।

उक्त कार्यक्रममा सस्थाको विकासको निम्ति सहयोग गर्नुहुने चन्द्रबहादुर खत्री, हिमाल कंडेल, श्रीभक्त गुरुङ, शिवप्रसाद पौडेल, पुष्करजंग थापा, पर्शुराम बस्नेत, नरबहादुर थापा, लोकेश खत्री, नबिन गुरुङ, सबिता श्रेष्ठलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

मंगलबारनै बसेको पहिलो बैठकले केही निर्णयहरु गरेका छन् जसअन्तर्गत सस्थाको वार्षिक कार्यक्रम अन्तर्गत जापानमै रहेका नेपालीहरुबिच पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने, सदस्यता वितरण कार्यलाई विस्तार गर्ने र आधिकारीक रुपमा नेपालमा दर्ता प्रक्रिया अगाडि बढाउने लगायतका रहेका छन् ।