पूर्व सहायक मन्त्री प्रताप राम लोहारको निधन

२४ भाद्र २०७४, शनिबार ०६:३९

भदौ २४, कञ्चनपुर | पूर्व विज्ञान तथा भौतिक सहायक मन्त्री प्रताप राम लोहारको ७२ वर्षको उमेरमा शुक्रबार बेलुका ५ बजे निधन भएको छ । उनको दुवै किड्नी फेल भई लामो समय देखि उपचारको क्रममा थिए ।

उनी सुदूरपश्चिमको दार्चुला जिल्लाको दुर्गम गाउँमा जन्मिएका थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका लुहारले राजनीति शास्त्रमा एम.ए. गरेका थिए । धेरै वर्ष पूर्वप्रधानमंत्री लोकेन्द्रबहादुर चन्दको पिए भएर काम गरे । उनी तत्कालिन गाउँफर्क राष्टिय अभियानका महाकाली अंचल सचिव समेत भएर काम गरेका थिए । २०४६ पछि उनी २०६७ साल सम्म कमल थापासंग पनि नजिक रहेर काम गरे । त्यही बेला शाही शासनको समयमा विज्ञान तथा भौतिक सहायक मन्त्री बनेका हुन् । पछि नेपाली काँग्रेसमा प्रवेश गरे लगतै मानार्थ केन्द्रीय सदस्य पनि भए । उनी शिक्षाप्रेमी पनि थिए । उनकै नेतृत्वमा काठमाडौं र महेन्द्रनगरमा वालगृह निर्माण भएको छ । जहाँ निर्धन, गरीब, असाहय बाल बालिका लाई निःशुल्क पढाईन्छ भने उनी फ्लोरिडा इन्टरनेशनल बोर्डि उच्च माध्यमिक विद्यालय र फ्लोरिडा इन्टरनेशनल कलेजका सञ्चालक रहर्नुका साथै महाकाली ओभरसिज पनि सञ्चालन गरेका थिए । उनले दलित समुदायको विकासको लागि काम गरेको हुदाँ भारत सरकारले डा.अम्बेडकर पुरस्कारले सम्मान गरेको थियो ।

उनका एक मात्र छोरा स्पेनमा रहेका र शनिबार आइपुगने हुनाले आइतबार विहान सानेपा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा अन्तिम श्रद्धञ्जलीको लागि राखि उनको पार्थिक शरीरलाई दिउँसो पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको छ ।