दशैका लागि झिकाइएका सामान केरुङमै अलपत्र

३१ भाद्र २०७४, शनिबार ०९:४७

भदौ  ३१,काठमाडौ । रसुवागढी नाकामा  दशैका लागि झिकाइएका व्यापारिक सामान अलपत्र परेका छन् । चिनियाँ अधिकारीहरुले यस नाकाबाट तस्करी बढेको भन्दै सुरक्षा जाँचमा कडाइ गर्दा सामान आयातमा असर परेको हो ।

राजधानीलगायत मुलकको अधिकांश बजारमा दशैंमा चिनियाँ तयारी पोसाकको बिक्रि हुने गरेको छ । व्यवसायीका अनुसार हाल जाँचमा कडाइ गरेपछि दैनिक ३० देखि ४० कन्टेनर मात्र नेपाल भित्रने गरेका छन् ।

यसबाट सामान आयातमा प्रत्यक्ष प्रभाव परेको छ ।सीमाबाट आवतजावत गर्ने पत्येक कन्टेनरलाई केरुङ प्रहरी, भान्सार र क्वारेन्टाइनले १० देखि १५ मिनेट लगाएर जाँच गर्दै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।