समाजवादी फोरमका २ जना उम्मेद्वार विजयी

२४ भाद्र २०७४, शनिबार १३:३१

भदौं २४, काठमाडौं । असोज २ मा हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनाव हुन अगावै सङ्घीय समाजवादी फोरम नेपालको २ सदस्य विजयी भएका छन् ।

समाजवादी फोरमकोे पर्सा र रौतहटको स्थानीय तहमा २ सदस्य निर्विरोध विजयी भएका हुन् । समाजवादी फोरमका तर्फबाट रौतहट राजदेवी नगरपालिका वडा नम्बर २ मा दलित महिला सदस्य प्रेम सागर देवी र वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा राधादेवी नेपाली निर्विरोध विजयी भएकी हुन् । ती २ स्थानमा अन्य पार्टीका दलित महिलाको उम्मेदवार दर्ता नभएपछि समाजवादी फोरमका २ सदस्य निर्विरोध विजयी भएको हो ।