वीरगञ्ज महानगरको ताजा मतपरिणाम राजपाको अग्रता

३ आश्विन २०७४, मंगलवार १४:५९

असोज ३, वीरगञ्ज । वीरगञ्ज महानगरमा मतगणना जारी छ । सोमबार भएको मतदानपछी ढिलो गरि गन्न सुरु गरिएको महानगरपालिकामा राजपाले अग्रता लिएको छ ।

मत परिणाम अनुसार पहिलो स्थानमा रहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ८३ मत पाएका छन् त्यस्तै उपमेयरमा राजपाकै रम्भा मिश्राले ८७ मत पाएकी छन् ।

त्यस्तै दोश्रो स्थान मा रहेका फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ५६ मत पाएका छन् । उता उपमेयरको उम्मेदवार नेपाली कांग्रेसकि शान्ति कार्कीली ४३ मत पाएकी छन् ।

थप मतदान विवरण तल दिइएको छ ः

मेयर उम्मेदवार
राजपा (राजेशमान सिंह) — ८३ मत

फोरम लोकतान्त्रिक (विमल श्रीवास्तव) — ५६ मत

नेपाली कांग्रेस (अजय द्विवेदी) — ४५ मत

एमाले (बशरुद्दिन अन्सारी) — ४५ मत

संघीय समाजवादी फोरम (विजय सरावगी) — २५ मत

माओवादी केन्द्र (रहबर अन्सारी) — १३ मत

उपमेयर
राजपा (रम्भा मिश्रा) — ८७

नेपाली कांग्रेसकि (शान्ति कार्की) – ४३ मत

संघीय समाजवादी फोरम (पिंकी यादव) — २१ मत

फोरम लोकतान्त्रिक (अनिता देवी यादव) — १२ मत

माओवादी केन्द्र (दुर्गा क्षेत्री) — ११ मत

एमाले (सोफिया आचार्य) — ९ मत

अहिले महानगरका ३२ वटा वडा रहेको महानगरको वडा नम्बर १,२, ३१ र ३२ को मतगणना भइरहेको छ ।