राजपाले उपेन्द्र यादव र विजयकुमार गच्छादारलाई पनि संगै सामेल गराउने तयारी

भदौ २८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले मधेशीको हक अधिकार सुनिश्चित गर्नका लागि सबै मधेशवादी शक्ति एक हुनुपर्नेमा जोड दिएका छन् ।

उपेन्द्र यादव र विजयकुमार गच्छादार पनि राजपामा नै सामेल हुनुपर्ने आवश्यकता सुमनले औँल्याएका छन् । त्यसका लागि प्रयास भइरहेकोसमेत सुमनले खुलाए । “उनीहरुको हामीलाई इन्तजार छ । सम्झाई बुझाई भइरहेको छ ।” सुमनले भने ।
२ चरणको स्थानीय निकायको चुनावको नतिजापछि यादव र गच्छादारको भ्रम टुटेको सुमनले टिप्पणी गरेका छन् । मधेशीलाई गोली हान्ने र अर्यादित शब्दले गाली गर्ने दलका नेताको पछाडि लागेर यादव र गच्छादारले गल्ती गरेको सुमनको भनाई छ ।

 

राजपाले संविधान गरेर मधेशी जनताको अधिकार सुनिश्चित गराउनका लागि धेरै प्रयास गरे पनि त्यो पूरा नभएको उल्लेख गर्दै नेता सुमनले अधिकार प्राप्तीको लडाई जारी रहेको बताए ।
आन्दोलनसँग जोडिएको अधिकांश माग पूरा भएको तर दीर्घकालिन माग पूरा हुन नसकेको नेता सुमनको तर्क छ । प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावपछि जनाधार तय गर्ने र त्यसपछि हुने संसद र प्रदेशको चुनावले संविधान संशोधनको अधार तय गर्ने नेता सुमनको तर्क छ ।

प्रदेश नम्बर २ मा नेकपा एमाले पत्तासाफ हुने सुमनको अर्को टिप्पणी छ । कतिपय स्थानमा एमालेले उम्मेदवार नै नपाएको र उम्मेदवार भएको ठाउँमासमेत प्रचार प्रसार गर्न नसकेको सुमनले बताए ।
कांग्रेस र माओवादीलाई पनि मधेशी जनताले संविधानमा अधिकार स्थापित गर्न नसकेको आरोप लगाएकाले जनमत घटेको सुमनको दाबी छ ।


प्रकाशित | २०७४ भाद्र २८ प्रकाशित १५:४२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ