मधेशका जनताको मुक्ति माओवादी केन्द्रले गर्ने अध्यक्ष दाहालको दावी

भदौ २४, कलैया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका जनताको मुक्ति माओवादी केन्द्रले नै गर्ने बताउनुभएको छ ।

बाराको सदरमुकाम कलैयामा आज प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले केही पार्टीले तराई, पहाड, हिमालबीच फाटो ल्याउने काम गरेको टिप्पणी गर्नुभयो ।

नेकपा एमालेका कारणले संविधान संशोधन नभएको बताउँदै दाहालले माओवादी केन्द्र संघीयता र गणतन्त्रलाई मूलमन्त्र बनाई अगाडि बढेको स्मरण गराउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले संविधान संशोधन पारित गराएरै छाड्ने प्रतिबद्धता पनि सो पत्रकार सम्मेलनमा व्यक्त गर्नुभयो ।


प्रकाशित | २०७४ भाद्र २४ प्रकाशित १३:३६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ