प्रदेश २ को चुनावमा एक दिन सार्वजनिक विदा

भदौ २६, काठमाडौं । सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले चुनावमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ । विद्यालयहरुमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन विदा दिने निर्णय सरकारले गरेको छ ।अधिकांश मतदान केन्द्र विद्यालयहरुमा राखिएकाले ति विद्यालयहरुमा सार्वजनिक विदा दिन यसअघि निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको थियो ।


प्रकाशित | २०७४ भाद्र २६ प्रकाशित १३:०२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ