चाडपर्वलाई लक्षित गरी काठमाडौमा प्रहरीद्वारा विशेष सुरक्षा योजना तयार

असोज १, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैं, तिहार र छठपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।

 

परिसरमा आइतबार पत्रकार सम्मेलन गरी सम्भावित आपराधिक घटनालाई न्यूनीकरण गर्न विशेष सुरक्षा रणनीति लागू गरेको जानकारी दिइयो । प्रहरीले २१ बुँदे अपिल जारी गर्दै चाडबाडका समयमा हुनसक्ने सम्भावित आपराधिक घटनाहरुलाई न्यूनीकरण गर्नका लागि सुरक्षा रणनीति तय गरिएको जनाएको छ ।

 

पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्रबहादुर धानुकले आफ्नो घरमा डेरामा बस्ने मानिसहरुको चाल–चलनका’boutमा जानकारी राख्न सर्वसाधारणलाई आग्रह गरे ।जुवा, तास र ढुकुटी खेल्नेरखेलाउनेहरुको’boutमासमेत सूचना दिन पनि प्रहरीले आग्रह गरेको छ । रातको समयमा होहल्ला गर्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखिएमा पनि प्रहरीमा खबर गर्न पनि अपिल गरिएको छ । छतमा चढेर यात्रा नगर्न, नगराउन, धेरै गरगहना लगाएर नहिँड्न, बढी रकम नबोक्न र कहीँ–कतैबाट धम्की आएमा सचेत भइ फोन रेकर्ड गरेर राख्न पनि अपिल गरिएको छ ।


प्रकाशित | २०७४ आश्विन १ प्रकाशित १३:४४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ