चलचित्र रिलीज नहुदै २ करोड भ्यूअर्स कुटुमा कुटुुलाई

१८ भाद्र २०७४, आईतवार १५:४९
kutuma kutu, latest news from kathmandu nepal, breaking news from kathmandu nepal

काठमाडौँ । चलचित्र दुई रुपैयाँको कुटुमा कुटु बोलको गीत युट्युबमा सार्वजनिक भएको ३ महिनामा २ करोड बढीले हेरेका छन्। यो गीतको भ्युअर्स नेपाली चलचित्र क्षेत्रको गीतमा अहिलेसम्मकै बढी हो।

गत जेठ १४ गते युट्युबमा राखिएको “कुटुमा कुटु” गीतले ९८ दिन (३ महिना ८ दिन) मा नै २ करोड भ्युज पाएको हो । यति छोटो समयमा नै युट्युबमा २ करोड भ्युज पाउने “कुटुमा कुटु” एकमात्र गीत हो ।

आगामी भदौ २३ गते प्रदर्शनमा आउने चलचित्र “२ रुपैयाँ”को ६ दिन अगाडि नै “कुटुमा कुटु”ले २ करोड भ्युज पाएको छ ।

नेपालमा बनेका भिडियोहरू विरलै २ करोड भ्युज पाउँछन्, युट्युबमा । तर “कुटुमा कुटु”ले यो फड्कोलाई पार गरेर नेपाली स्रोता तथा दर्शकहरूको मन जितेको छ ।

“चलचित्रको प्रदर्शनअगाडि नै २ करोड भ्युज पाउनुले हामी र हाम्रो टिममा थप उर्जा थपिएको छ”, चलचित्र निर्देशक असिम शाह भन्छन् । 

अहिलेसम्म नेपाली चलचित्रका कुनै पनि गीतको युट्युबमा यतिधेरै भ्यूअर्स भएको छैन्। यो चलचित्र भदौ २३ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुदैछ । यस चलचित्रमा निश्चल बस्नेत,आशीफ शाह ,वुद्धि तामाङ र स्वस्तिमा खड्काको मुख्य अभिनय छ ।