ऊर्जा मन्त्री शाही चीन प्रस्थान

३ आश्विन २०७४, मंगलवार १०:१७

 असोज ३, काठमाडौँ। ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही चीन प्रस्थान गर्नुभएको छ । नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ लगानीका विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्न ऊर्जा मन्त्री शाही आज चारदिने भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।

ऊर्जा मन्त्रीको सचिवालयका अनुसार चीनमा रहँदा मन्त्री शाहीले नेपालको जलविद्यत आयोजनामा चिनियाँ ठेकेदारले तोकिएको समयमा काम नगरेको बारेमा समेत कुराकानी गर्ने कार्यक्रम रहेको छ । आयोजनाले ठेक्का लिने तर काम नगर्ने भन्दै चिनियाँ निर्माण व्यवसायीको आलोचना हुँदै आएको छ ।

यस्तै पश्चिम सेती, बूढीगण्डकीलगायत ठूला जलविद्यत आयोजना निर्माण तत्काल शुरु गराउने विषयमा समेत मन्त्री शाहीले सम्बन्धित अधिकारीसँग छलफल गर्नुहुने भएको छ ।

यसैगरी ऊर्जा मन्त्री शाहीले थ्री गर्जेज जलविद्युत् आयोजना समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।