अल्लारे च्याङ्बाले सताएपछि गायिका बसन्तीलाई सयौथरी कुराले मन खेलाउदै

२५ भाद्र २०७४, आईतवार ०३:१२

आयोखबर भदौं २५, काठमाडौं ।

दोलखा जिल्ला मेलुङ गाउँपालिकामा जन्मिएकी गायिका बसन्ती लामा अहिले संगीतीक क्षेत्रमा व्यस्त छिन् । बजन गायनबाट आफ्नो गायिकी यात्रालाई सुरु गरेकी गायिका लामा निकै मेहनतीका साथ आफ्नो क्षेत्रमा लगाब देखाउदै आएकी छिन् ।

गत शुक्रबार मात्र “सयौ थरी कुरा ” बोलको गीत सहित म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोक, आधुनिक र सेलोमा समेत जम्न सफल भएका गायिकी लामाले आफु नेपाली गीत संगीतको न्याय गर्दै हरेक प्रस्तुतीमा दर्शक स्रोताको मन खिचाएकी बताईन् ।

संगीतलाई आफ्नो जीवनको लक्ष्य ठानिएकी उनी काठमाडौं स्थित जोरपाटी क्याफे सञ्चालन गरि सानो व्यावसायी समेत गर्दै आएकी छिन् । उनले गीत संगीत संगै आफ्नो व्यावसायीलाई पनि अहिलेसम्म निरन्तरता दिन सफल भएकी छिन् ।
पछिल्लो समयमा निकै स्टेज कार्यक्रमहरुमा सहभागी भएर आफ्नो प्रस्तुती दिदै आएकी लामा अहिले भने म्युजिक भिडियो तिर व्यस्त देखिन्छन् ।

तामाङ समुुदायमा जन्मिए पनि उनले आफ्नो संगीतिक यात्रा भने बजन गायनबाटै सुरु गरेकी बताउँछिन् । विभिन्न लोक दोहोरी, आधुनिक, सेलो, चलचित्र समेत गरि ३५ भन्दा बढि गीतहरुमा आफ्नो स्वर दिईसकेको बताईन् ।

उनकै एकल स्वरमा रहेको “सयौ थरी कुरा ” गीत र नृत्य निर्देशक अभि लामाले गरेका उक्त म्युजिक भिडियो निर्देशनमा मोडेल अनिता गोले, ओम वाईबा तामाङ, सुमन तामाङ लगाएतले अभिनय गरेका छन् । गीतको शब्द प्रयास दोङको रहेको छ भने गीत संयोजन नुर्बु शेर्पाले गरेका हुन् । म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन सुर्य लामाले गरेका छन् र भिडियोको दृश्य निर्माण भने जिग्मी मिडियाले गरेका छन् ।