‘प्रदेश १ को बजेट चैत १५ पछि’ : मन्त्री इन्द्र आङ्बो

७ चैत्र २०७४, बुधबार ०८:३१

चैत ७, काठमाडौं ।

प्रदेश १ सरकारले आर्थिक वर्ष ०७४/७५ का लागि नियमित बजेट आगामी चैत १५ गते ल्याउने तयारी गरेको छ । तर, बजेट ल्याउने प्रक्रिया ढिलाइ हुँदा तोकिएकै समयमा बजेट नआउने भएको छ ।

प्रदेश सरकारले गएको २० फागुनमा मन्त्री परिषद्को बैठक बसी बजेट ल्याउने निर्याण गरेको थियो । तर, ऐन कानू्न निमार्ण लगायतका अल्झनका कारण सरकारको तोकेको समयमा बजेट ल्याउन सरकारले असफल देखिएको हो ।


आर्थिक मार्मिला एव योजना मन्त्री इन्द्र आङ्बोले सरकारले तोकेको समय सीमाभित्र बजेट ल्याउने सम्भावना नहरेको बताए ।

बुधवार बसेको मन्त्री परिषद्को बैठकले आर्थिक कार्यबिधि ऐन प्रदेशसभामा टेबल गर्न स्वीकृत गरेको थियो ।

मन्त्री आङ्बोले भने ‘आर्थिक कार्यबिधि ऐन पास भएपछि बजेट ल्याउन बिनियोजन ऐन आवस्यक पर्ने छ तो पनि चाडै ल्याउने तयारीमा मन्त्रालय तयारीको छ ‘ ।

आर्थिक मामिला एवंव योजना मन्त्री आङ्बोले बुधवार बस्ने प्रदेशसभामा आर्थिक कार्यबिधि ऐन टेवल गराउँदैछन् ।

मन्त्री आङबोले मुलत तीन महिनाको समयमा आधारित रहेको अहिलेको बजेट अनुदानमा आधारित हुने भएपनि प्रदेश सरकारले घोषण गरेको १ सय दिनको लक्षित कार्यक्रममा बजेट केन्द्रित हुनेछ । त्यसमा विपत व्यवस्थापनका लागि बजेट केन्द्रित पनि हुनेछ ।

केन्द्रीय सरकारले १ अर्ब २ करोड रुपैयाँ प्रदेशलाई अनुदान प्रदान गर्ने बताए अनुसार सोही सीमा भित्र रहेर बजेट ल्याउने तयारी प्रदेश सरकारले गरिरहेको मन्त्री आङ्बोले जानकारी दिए ।

प्रदेश सरकारले १५ चैतमा बजेट ल्याउन भनेपनि बजेट तयारीका लागि आवश्यक पर्ने आर्थिक कार्यविधि ऐन प्रदेश संसदमा प्रवेश नै हुन सकेको थिएन् ।

प्रदेश सभाले आर्थिक कार्यविधि ऐन पास भएपछि सरकारको नाममा खाता सञ्चालनको प्रकि्रया खुल्ला हुनेछ ।

आर्थिक कार्यविधि ऐन बनेपछि कर उठाउने, स्रोत जुटाउने कामअघि बढ्ने छ । त्यसपछि खातामा जम्मा भएको रकम खर्चका लागि फेरि छुटै विनियोजित ऐन ल्याउनु पर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले बताए ।

स्रोतका आकार र खर्चका विषयमा राजनीतिक सहमतिबाट प्रदेश सरकारले छनौट गर्ने उनले जानकारी दिए ।

पौडेलले बजेट निर्माणका लागि कार्यक्रम र नारा समेत निर्माण नभइ सकेकाले त्यसका लागि पनि कस्तो नारा र कार्यक्रम लिएर बजेट निर्माण गर्ने भन्ने बारेमा मन्त्रालय केन्दि्रत रहेको बताए ।

उनले बजेटका लागि मातहतका मन्त्रालयमा योजना छनौटका लागि पत्रचार गरिसकिएको बताए ।