८ महिने बालिका हत्यामा संलग्न अभियुक्त पक्राउ

४ कार्तिक २०७५, आईतवार ०९:२७

 

महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई सुनसरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी हात्तीसार का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त साह प्रहरीको उच्च खोजीमा रहेका थिय । सप्तरीबाट सुनसरीतिर आउने क्रममा कोशी ब्यारेज क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिय ।

महिला तथा बालबालिका विरुद्धको अपराधमा प्रहरीले अपनाएको उच्च सुरक्षा रणनीति तथा सुनसरी प्रहरीले अघि बढाएको आपराधिक गतिविधि नियन्त्रण अभियानअन्तर्गत सूक्ष्म जाँच गर्ने कार्यमा खटिएका प्रहरी टोलीले अभियुक्तको हुलियाका आधारमा उनलाई नियन्त्रणमा लिन सफल भएकोहो।

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा राखिएको पनि अधिकारीले जानकारी दिय