१०८ स्थानीय तहको नतिजा सार्वजनि

७ आश्विन २०७४, शनिबार १०:२९

काठमाडौं, ७ असोज । प्रदेश नम्बर २ का १३६ स्थानीय तह मध्ये अहिलेसम्म १ सय ८ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । स्थानीय तह तेस्रो चरण निर्वाचनको मतपरिणाम अनुसार कांग्रेसले ३३ स्थानको प्रमुखमा जित हात पार्दै अग्रता कायमै राखेको छ भने ८ स्थानमा अग्रता लिईरहेको छ ।

माओवादी केन्द्र १९ स्थानीय तहमा विजयी भएको छ । उसले थप ५ स्थानीय तहमा अग्रता लिइरहेको छ । यसैगरी, संघीय समाजवादी फोरमले २१ र राजपा १८ स्थानमा विजयी भएका छन् ।

यस्तै एमाले १२ स्थानमा विजयी भएको छ भने ७ स्थानमा अग्रता कायम गरेको छ । यस्तै लोकतान्त्रिक फोरमले ३ स्थानमा जित हासिल गरेको छ । नयाँ शक्ति नेपाल र नेपाली जनता दलले एक–एक स्थानमा जित हासिल गरेका छन् ।